• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • मतगणना अपडेटः शीर्ष ३ मा विष्णु रिमाल परेनन्

    मतगणना अपडेटः शीर्ष ३ मा विष्णु रिमाल परेनन्

    काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक मत पाएका छन् । उनले ४४० मत पाउँदा योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन् ।

    एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था छ । तर, जारी मतगणनामा उपमहासचिवमा उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन् । उनले ३२५ मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ३, बिहीबार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP