• २०८३ बैशाख ६ | Sun, 19 Apr 2026

  • रास्वपा संसदीय दलको बैठक आज बस्दै, बालेनलाई संसदीय दलको नेता बनाईने

    रास्वपा संसदीय दलको बैठक आज बस्दै, बालेनलाई संसदीय दलको नेता बनाईने

    काठमाडौँ, १२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।

    पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो ।प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।सो प्रकृया अनुसार बालेन शाह संसदीय दलको नेता हुने संभावना रहेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १२, बिहीबार ०६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP