• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रधानमन्त्री नियुक्ति र संसद् विघटनविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकियो, आदेश आउन बाँकी

    प्रधानमन्त्री नियुक्ति र संसद् विघटनविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकियो, आदेश आउन बाँकी

    प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ सकिएको छ। आज बुधबार भएको सुनुवाइमा १६ जना रिट निवेदकका तर्फबाट बहस भएको थियो।

    उनीहरूले सरकारलाई महत्त्वपूर्ण निर्णयमा रोक लगाउन माग गर्दै अन्तरिम आदेश दिन भनेका छन्। अन्तरिम आदेश दिने या नदिने भन्ने विषयमा इजलासले आजै आदेश सुनाउनेछ। इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तिम सुनुवाइका लागि पेसी तोक्नेछ।

    निवेदकहरूले भने एक हप्ताभित्रै लिखित जवाफ माग गर्दै सुनुवाइ निरन्तर अघि बढाउन माग गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १२, बुधबार १०:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP