• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • सीसँग भेटवार्तापछि ट्रम्पले भने: चिनियाँ सामानमा तुरुन्तै कर घटाउँछु

    सीसँग भेटवार्तापछि ट्रम्पले भने: चिनियाँ सामानमा तुरुन्तै कर घटाउँछु

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ।
    भेटवार्तापछि एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘अत्यन्त सफल’ र ‘महान् बैठक’ भएको बताए।
    बीबीसीका अनुसार उनले लगभग १५ मिनेटसम्म प्रश्नहरूको जवाफ दिए तर चीनसँग भएको सम्झौताबारे विस्तृत बताएनन्।
    ट्रम्पले चीनसँग दुर्लभ खनिज व्यापार विवाद समाधान भएको बताए। उनले भने, ‘अब चीनबाट कुनै बाधा छैन।’
    यद्यपि ट्रम्पले सम्झौताअन्तर्गत के सहमति भयो भन्नेबारे विवरण दिएनन्।
    ट्रम्पले भने, ‘अमेरिकाले चीनबाट आयात गरिएका सबै सामानमा तुरुन्तै भन्सार कर घटाउनेछ।’
    ट्रम्पले अमेरिका र चीन युक्रेनमा चलिरहेको युद्धमा ‘सँगै काम गर्ने’ पनि बताए। तर दुई नेताबीच ताइवानको मुद्दा उठाइएन।
    उनले अर्को वर्ष अप्रिलमा आफूले चीनको भ्रमण गर्ने र त्यसपछि सीले अमेरिकाको भ्रमण गर्ने बताए।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १३, बिहीबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP