• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रधानमन्त्रीलाई कार्यक्रममा बोलाएर व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही होस्

    प्रधानमन्त्रीलाई कार्यक्रममा बोलाएर व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही होस्

    नेपाल उद्योग वाणिज्य महासंघले हालका आन्दोलन र तोडफोडका घटनाबाट निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गरेको छ।

    महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उच्च सरकारी अधिकारीहरूलाई बोलाइएको थियो।

    कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘यसपटकको आन्दोलनमा निजी क्षेत्र बढी आहात भएको छ। जसो तसो जोहो गरेर, ऋण गरेर उद्यमीले लगानी गरेको हुन्छ। राजस्व क्षेत्रमा योगदान पुर्‍याएको हुन्छ, रोजगारी सिर्जना गरेको हुन्छ। तर पनि उद्योगी व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ, व्यापार व्यवसायमाढकालले यस्तो अवस्थाले सबैलाई आत्मपरीक्षण गर्न बाध्य पारेको बताए। ‘यो घटनाले सबैले आफैले आफैलाई फर्केर हेर्न बाध्य पारेको छ। हामी पनि फर्केर हेर्दै छौं, हामी कहाँ चुक्यौं अनि समाज कहाँ चुक्यो,’ उनले भने। आगो लागेको छ।’नाफा कमाउने कार्यलाई अपराधको रूपमा चित्रण गर्नु गलत भएको बताउँदै ढकालले के त्यो अपराध हो भनेर प्रश्न समेत गरे। ‘नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ, उनको प्रश्न छ, ‘तर व्यवसायीको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो। के रोजगारी सिर्जना गर्नु, राजस्व बुझाउनु र राज्यका लागि महत्वपूर्ण काम होइन र?’ढकालले जेनजी आन्दोलनका बेला आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरे। ‘यदि यस्ता कार्यमा संलग्नमाथि कानूनी कारबाही भएन भने दण्डहीनता मौलाउनेछ। कुनै पनि नाममा यसलाई प्रशय दिनु हुँदैन, उनले भने।

    उनले थपे, ‘लुटपाट, आगजनीमा संलग्नलाई कारबाही गरी यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको मनोबल बढाएर काम गर्नु आवश्यक छ। यसमा सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन।’

    ढकालले करिब ७ वर्षदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी समस्या समाधानमा प्रधानमन्त्रीको पहलको प्रशंसा गर्दै भने, ‘करिब सात वर्षदेखिको विवाद समाधानका लागि प्रधानमन्त्रीले गरेको प्रयास प्रशंसनीय छ।’



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २३, आईतवार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP