• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • कुलमान घिसिङकाे पार्टीको नाम उज्यालो नेेपाल, आजै दर्ता गर्न आयाेग जाने

    कुलमान घिसिङकाे पार्टीको नाम उज्यालो नेेपाल, आजै दर्ता गर्न आयाेग जाने

    ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने भएको छ । तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरू सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

    यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

    तत्कालका लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउनेछ ।

    ‘सम्भव भएसम्म आज ४ बजेसम्म टुंग्याएर आजै दर्ताको प्रयास हुन्छ। नभए भोलि,’ पार्टीको संयाेजन गरिरहेका जितबहादुर वाइबाले बताए । ‘सबै प्रक्रिया पूरा भइसकेको छ, केही टेक्निकल कुराहरू मिलाउँदैछौँ, आजै आयाेग जान्छौँ,’ उनले भने ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २४, सोमबार १०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP