• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • मुख्यमन्त्री यादव नआएपछि दिउँसो २ बजे बस्नेगरी मधेस प्रदेशसभा बैठक स्थगित

    मुख्यमन्त्री यादव नआएपछि दिउँसो २ बजे बस्नेगरी मधेस प्रदेशसभा बैठक स्थगित

    मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि मधेश प्रदेश सभाको बैठक दिउँसो २ बजेसम्मको लागि स्थागित भएको छ।

    मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि उपसभामुख बबिता राउत ईशरले बुधबार बिहान साढे ८ बजे बस्नेगरि प्रदेश सभा बैठक आह्वान गरेकी थिइन्।

    तोकिएको समयभन्दा झण्डै २ घण्टापछि सुरु भएको बैठकमा मुख्यमन्त्री यादवसँगै एमालेका केही सांसद अनुपस्थित भएपछि उपसभामुख राउतले अर्को बैठक आज दिउँसो २ बजे बस्नेगरि स्थगित गरेकी हुन्।

    मुख्यमन्त्री यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको उपसभामुखको सचिवालयले जनाएको छ।

    सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्। तर, एमालेविरुद्ध सात दलको गठबन्धन बनेकाले उनले विश्वासको मत पाउने सम्भावना छैन। सात दलले नयाँ सरकार गठनकाे निम्ति आन्तरिक छलफलसमेत अघि बढाइ सकेका छन्।

    सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन यादवलाई निर्देशन दिएको थियो। तर, मुख्यमन्त्री यादवले आफूले समयमै अदालतको पत्र नपाएकाले मंगलबार प्रदेश सभा बैठक बोलाउन नसकेको दाबी गरेका थिए।

    यादवले भने मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै आज दिउँसो २ बजे मात्रै बैठक बोलाउन भनेका थिए।

    गएको कात्तिक २४ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको पानस होटलमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यही होटलमै यादवको शपथसमेत भएको थियो।

    यादवको विवादास्पद नियुक्तिपछि प्रदेश प्रमुख सुवेदीलाई सरकारले कात्तिक २४ गते नै पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ।

    यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल पनि मंसिर ३ गते महाअभियोगबाट पदमुक्त भइसकेका छन्।

    एउटै घटनाले मधेसमा प्रदेश प्रमुख र सभामुखपछि मुख्यमन्त्री गुमाउँदै एमाले



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १७, बुधबार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP