काठमाडौं : अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्याएको हो।
उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्। अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो।
अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो। निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले वासिङटन डीसीस्थित नेपाली दूतावासलाई उनीहरूको बारेमा पत्राचार गरेको थियो।गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको रहेछ।
अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ डीसीस्थित दूतावास स्रोतले अन्नपूर्णलाई बतायो। उक्त स्रोतका अनुसार अझैं पनि केही नेपालीहरू अमेरिकी अध्यागमनको हिरासतमा रहेका छन्।
प्रतिक्रिया