• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • धनुषामा जग्गा अतिक्रमण विवाद : झडप हुँदा ८ जना घाइते, ७ सेल अश्रुग्यास प्रहार

    धनुषामा जग्गा अतिक्रमण विवाद : झडप हुँदा ८ जना घाइते, ७ सेल अश्रुग्यास प्रहार

    जनकपुरधाम, पुस २६ गते । धनुषाको मिथिला नगरपालिका- २ सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको छ । भारतीय धर्म गुरु सन्त रामपालका अनुयायी र स्थानीयबीच ऐलानी जग्गा अतिक्रमणको विषयलाई लिएर झडप भएको हो ।

    प्रहरीले स्थिति नियन्त्रणमा लिन सातसेल अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

    उनका अनुसार झडपको क्रममा स्थानीयतर्फ अहिलेसम्म आठजना घाइते भएको जानकारी आएको छ ।

    स्थानीयहरूले सो क्रममा जनकपुर ढल्के सडक अवरुद्ध गरेका छन् । सखुबा महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

    अहिले भने अवस्था सामान्य हुँदै गएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २६, शनिबार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP