• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा

    गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ।

    गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो।

    नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो।

    त्यसपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा बस्न लागेको हो।

    कांग्रेस कार्यसमितिका सचिव केशव दुलालले बैठकका लागि अहिले पदाधिकारीका कार्यकक्ष तयार पार्ने तथा कार्यालय सफाइ गर्ने काम भइरहेको नेपालखबरलाई जानकारी दिए।

    शुक्रबार सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।

    साथै बैठकले निर्वाचन तयारीका लागि उपसमिति बनाउने र सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने पनि बुझिएको छ।

    निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै दायर गरेको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सभापति थापा सानेपाबाटै पार्टी सञ्चालनको तयारीमा जुटेका हुन्।



    radiomirmire radiomirmire    
  • २०८२ माघ ८, बिहीबार ०६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP