• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • भोटेकोसी बाढी: १ हजार २५२ जनाको शव फेला, पहिचान नखुलेका ८९७ शव जमिनमुनि पुरियो

    भोटेकोसी बाढी: १ हजार २५२ जनाको शव फेला, पहिचान नखुलेका ८९७ शव जमिनमुनि पुरियो

    काठमाडौँ। भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका ८९७ जनाको शव जमिनमुनि पुरेर व्यवस्थापन गरिएको छ। पछि डीएनए परीक्षणमार्फत पहिचान गरी आफन्तको जिम्मा लगाउने गरी हाललाई उक्त शवहरूको व्यवस्थापन गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिनुभयो।

    हालसम्म फेला परेका कुल १ हजार २५२ शवमध्ये ९५ वटाको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ। पहिचान नभएका ९६० वटा शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। जमिनमुनि पुरिएका शवहरूमा २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिङ्ग पहिचान हुन बाँकी रहेको छ।

    भदौ १० गतेको बाढीपछि हराइरहेका ४ हजार ८७५ जनाको खोजी कार्य निरन्तर जारी छ। उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी कर्मचारी खटाइएको छ भने ३ हजार १०३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। बाढीका शवहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी (पूर्व र पश्चिम) का साथै भारतमा समेत फेला परेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १८, बिहीबार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP