काठमाडौँ, १६ कार्तिक — गएको १७ दिनदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन। सामान्यतया साताको दुई पटक (सोमबार र बिहीबार) बस्दै आएको मन्त्रिपरिषद् बैठक लामो समयसम्म नबस्दा सरकारका नियमित कामकारबाही प्रभावित बनेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले झण्डै तीन साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् बैठक आह्वान गरेका छैनन्। दसैँअघि असोज ३० गते बसेको बैठकपछि अहिलेसम्म मन्त्रिपरिषद्को बैठक नबसेको हो।
असोज ३१ देखि कात्तिक ८ गतेसम्म दसैँ बिदा परेको थियो भने आगामी कात्तिक २१ गतेदेखि तिहार बिदा सुरु हुँदैछ। दसैँ बिदा सकिएर सरकारी कामकाज सञ्चालन भइसक्दा पनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन।
यसअघि असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले १२ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको थियो।
प्रतिक्रिया