• २०८३ बैशाख ६ | Sun, 19 Apr 2026

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने, संसदीय दलको नेतामा बालेन चयन हुने

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने, संसदीय दलको नेतामा बालेन चयन हुने

     राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। केन्द्रीय कार्यालय चःमतिमा आज ४ बजे केन्द्रीय समिति बैठक बोलाइएको रास्वपाले जनाएको छ।

    बैठकमा समसामयिक राजनीति, संसदीय दल नेता चयन लगायतका विषयमा छलफल गर्ने कार्यसूची तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

    रास्वपाको विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ। तर विधान अनुसार निर्वाचन अगाडि  छनोट नगरेकाले बाधा अड्काउ फुकाउ गर्ने तयारीमा केन्द्रीय समिति बैठकको तयारी छ।

    बालेन शाह रास्वपामा प्रवेश गर्नु अगाडि भएको सहमति पत्रमा सभापति रवि लामिछाने रहने र बालेनलाई बरिष्ठ नेता बनाउने र निर्वाचनपश्चात संसदीय दलको नेता बनाउने उल्लेख थियो। फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले एकल बहुमत ल्याउँदै १८२ सिट जितेको छ। स्रोतका अनुसार सम्झौताबमोजिम रास्वपाले केन्द्रीय समितिबाट बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा पठाउने निर्णय गर्नेछ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १२, बिहीबार ०६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP