सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज एक नम्बर इजलासमा परेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासको क्रमसंख्यामा एकमा पेसी परेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
यसअघि गत मंसिर २५ गते मुद्दाको सुनुवाइ स्थगित भएको थियो । स्थगित हुनुको कारण हेर्न नमिल्ने रहेको थियो । सो दिन रवि र छविको मुद्दाको पेसी ४ नम्बर इजलासमा तोकिएको थियो । न्यायाधीशहरू सागर विष्ट र तेजनारायण पौडेलको संयुक्त इजलासमा पेसी तोकिएकोमा न्यायाधिश विष्टले हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो। निवेदक न्यायाधीश विष्टको चिनजानको व्यक्ति भएका कारण मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।
प्रतिक्रिया