• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • साताको अन्तिम दिन सेयर बजारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्यो

    साताको अन्तिम दिन सेयर बजारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्यो

    काठमाडौँ : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार सेयर बजारमा सुखद उत्साह देखिएको छ। अघिल्लो दिन बिहीबार १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा ओर्लिएको नेप्से परिसूचक आज भने १६.३८ अंकको दोहोरो वृद्धि सँगै २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकमा सुधार आएसँगै आज कारोबार रकममा पनि बिहीबारको ३ अर्ब ८९ करोडको तुलनामा वृद्धि भएको छ। बजारमा आज कुल कारोबार भएका कम्पनीहरूमध्ये २०३ वटाको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको र ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत रूपमा हेर्दा आज ट्रेडिङ समूहबाहेक बाँकी सबै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

    आजको कारोबारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, कारोबार रकमका आधारमा आज जलविद्युत कम्पनीहरूको वर्चस्व रह्यो। ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार गर्दै आँखु खोला जलविद्युत शीर्ष स्थानमा रहन सफल भयो। यस्तै, रिडी पावरले २४ करोडको कारोबार गर्दा नेसनल हाइड्रोपावर र अपी पावरले समान १६/१६ करोड रुपैयाँको सेयर कारोबार गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ ८, शुक्रबार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP