• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो । काठमाडौँ — एमालेले विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो ।

    विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको छ,’ बर्तौलाले भने ।
    प्रतिनिधिसभा विघटनका सम्बन्धमा केन्द्रीय समितिलाई दबाब दिनका लागि कांग्रेसका सांसदले पनि हस्ताक्षर संकलन गरिरहेका छन् ।

    जेन-जी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २४, सोमबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP