• २०८३ बैशाख ६ | Sun, 19 Apr 2026

  • प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल सर्वसम्मत निर्वाचित

    प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल सर्वसम्मत निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्। अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चुनिएका हुन्।

    सभामुख चयनको प्रक्रिया सुरु हुनासाथ प्रस्तावक रवि लामिछानेले अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए, जसलाई अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतम लगायतले समर्थन गरेका थिए। प्रस्तावक लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै राजनीतिक दलहरूलाई धन्यवाद दिँदै यसलाई उच्च राजनीतिक सम्मानको रूपमा चित्रण गरे।

    समर्थनका क्रममा अर्थमन्त्री वाग्लेले अर्यालसँग विगतमा सांसद र मन्त्रीका रूपमा काम गरेको राम्रो अनुभव रहेको चर्चा गर्दै उनले संसद्को अभिभावकीय भूमिका कुशलतापूर्वक निभाउने विश्वास व्यक्त गरे। वाग्लेले सभामुख पद दलीय आबद्धताभन्दा माथि उठेर तटस्थ बस्नुपर्ने जिम्मेवारी भएको स्मरण गराउँदै अर्याल त्यसमा खरो उत्रने दाबी गरे। त्यस्तै कानुनमन्त्री गौतमले अबको संसद् केवल बहस र भाषणमा मात्र अल्झिन नहुने भन्दै जनउत्तरदायी र समस्या समाधानमुखी हुनुपर्नेमा जोड दिइन्।

    सभामुख निर्वाचित भएपछि बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।




    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २२, आईतवार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP