• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • निमतारा पोलिक्लिनकको सेवा बिस्तार

    निमतारा पोलिक्लिनकको सेवा बिस्तार

    प्यूठान ।
    निमतारा पोलिक्लिनिक बिजुवार प्यूठानले सेवा बिस्तार गरेको छ। प्यूठान नगरपालिका–४ बिजुवार मित्रमणि चोकबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिककले स्थापनाको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार केन्द्रको सेवा बिस्तार गरेको हो ।

    सेवाग्राहिको मागलाइ मध्येनजर गर्दै पोलिक्लिनिकले दात र आँखा उपचार सेवाको बिस्तार गरिएको पोलिक्लिनिकका संचालक डाक्टर सुवास जिसीले जानकारी दिनुभयो । दन्त सेवाको पोलिक्लिनिकका सञ्चालक डां सुवास र प्रकास जिसीका बुबा निमानशिंह जिसी र आमा तारा जिसीले रिवन काटेर सेवा बिस्तार गर्नुभयो ।
    यस्तै आखा उपचार केन्द्रको पनि संचालक किरण पौडेललका बुबा कासिराम पौडेलले रिवन काटेर सेवा प्रारम्भ गर्नुभयो । पोलिक्लिनिकमा दैनिक बिरामी जाच तथा उपचार सेवा, जनरल फिजिसियन सेवा, भिडियो एक्सरे सेवा प्रयोगशाला, फार्मेसी, इसीजी, महिला तथा प्रसुती रोग बिशेषज्ञ तथा हाडजोर्नी तथा नसारोग बिशेषज्ञ र बालरोग बिशेषज्ञ सेवा सञ्चालन हुदै आएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ आश्विन ५, आईतवार ०६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP