१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले कहिले पनि पार्टी फुटोस् भन्ने नचाहेको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले पार्टीभित्र केही केही कुरा पसेका कराणले पार्टी फुटेको भन्दै कम्युनिष्ट एकतालाई कसैले टुटाउन वा जलाउन नसक्ने दाबी गरे ।
‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं,’ खनालले भने, ‘तर पार्टीभित्र केही केही कुरा पसे । त्यसले पार्टी फुटेको छ । जे पसेको छ । त्यसलाई निकालेर फ्याँक्नुपर्यो । त्यसकारण हामीले नयाँ संकल्प गरेर अघि बढ्नुपर्नेछ ।’
उनले आफूले प्रचण्डसँग केही कुरा भनेको र त्यो मिलाउने प्रतिबद्धता भएपछि मात्रै एकता सभामा आएको बताए ।
प्रतिक्रिया