• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

    नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

    काठमाडौँ, १९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।

    आज यहाँ आयोजित एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन हुनुभयो । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका रूपमा नेपालको नाम प्रस्ताव गर्नुभएको थियो ।

    उक्त प्रस्तावलाई सम्मेलनले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । त्यसक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सिद्धान्त र व्यवहार फरक हुँदा वामपन्थी शक्तिभित्र समस्या सिर्जना हुने गरेको टिप्पणी गर्दै तत्काल समाजवादी कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।

    “यो पार्टी सबैभन्दा ठूलो संरचना बोकेर तथा बलिदान गरेर आएको पार्टी हो, यो पार्टीले नै समाजवादी कार्यक्रम अघि बढाउन सक्छ”, उहाँले भन्नुभयो

    सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादको लक्ष्य पूरा गर्न नेकपा दृढतापूर्वक अघि बढ्ने बताउनुभयो । पार्टी नेतृ पम्फा भुसालले एकीकृत पार्टी नेपालको वामपन्थी आन्दोलनको मूल धारा रहेको उल्लेख गर्दै नयाँ पार्टीले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १९, बुधबार १२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP