• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा

    मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा

    काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।

    तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै त्यस विरुद्ध एमाले बाहेक दलका ७४ सांसदले सर्वोच्चमा रिट दिएका थिए ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइनसहितका नेताहरूले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर गर्न माग गरेका छन् ।

    गत सोमबार एमाले संसदीय दलका नेता यादवले तत्कालीन प्रदेश प्रमुख भण्डारीसँग बर्दिबासको एक होटलमा नियुक्ति तथा शपथ लिएका थिए ।

    सांसदहरुले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्ने सम्भावना रहँदारहँदै प्रदेश प्रमुखले ठूलो दलको नेतालाई नियुक्ति गर्नु खोटपूर्ण भएकाले बदरको माग गरेका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २६, बुधबार ०८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP