काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । राष्ट्रपति पुटिन २ दिने औपचारिक भ्रमणका क्रममा बिहीबार साँझ दिल्ली आइपुगेका हुन् ।
पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पुटिन करिब ४ वर्षपछि भारत भ्रमणमा आएका हुन् ।२३औं भारत(रुस शिखर सम्मेलनमा सहभागी हुन आए पनि पुटिनको भ्रमणलाई लिएर निकै चर्चा भएको छ । खासगरी पश्चिमा देशहरूले युक्रेनसँगको युद्धलाई लिएर रुससँग दूरी बढाइरहेका बेला पुटिनको भ्रमणलाई महत्त्वका साथ हेरिएको हो ।यस भ्रमणका क्रममा भोली हुने शिखर सम्मेलनमा दुई देशबीच रक्षा, परमाणु उर्जा र व्यापारीक सम्बन्धको रणनीतिक विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने छ ।
प्रतिक्रिया