• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

  • कुटपिटको विरोधमा नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सिडीओ र एसपीको माग

    कुटपिटको विरोधमा नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सिडीओ र एसपीको माग

    वीरगन्ज — चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको विरोधमा वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

    गत शनिबार अस्पतालमा घटेको घटनालाई लिएर आन्दोलित डाक्टरहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गर्दै आएका थिए। आफ्ना माग पूरा नभएपछि उनीहरूले सामूहिक राजीनामा बुझाउने कदम चालेका हुन्।

    अस्पतालका बालरोग विशेषज्ञ डा. रामसुफल रामका अनुसार ७० जना चिकित्सक कार्यरत रहेको सो अस्पतालका करिब ६० देखि ६५ जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा पत्र बुझाइसकेका छन्, भने बाँकी चिकित्सकहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन्।

    आन्दोलित चिकित्सकहरूले स्थानीय प्रशासन प्रमुखहरूको राजीनामा नआए देशभरका चिकित्सकहरूलाई समेत राजीनामा दिन आह्वान गर्दै आन्दोलन थप कडा पार्ने चेतावनी दिएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १२, मंगलवार ०७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP